🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं, २४ भदौ । फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भइ अहिले काठमाण्डाैकाे सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हाे । गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक राेजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गरेकाे काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

गुरुङले रानाभाटलाई फ्रान्समा हाेटलमा काम लगाइदिने र महिनाकाे एक लाख रुपैयाँभन्दा धेरै तलब हुन्छ भन्दै प्रलाेभनमा पारेका थिए । गुरुङले फ्रान्स जान १७ लाख रुपैयाँ लाग्ने भन्दै पीडितबाट पटक-पटक गरेर १४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएका गुरुङलाई आज आइतवार सुकेधाराबाट पक्राउ गरेकाे हाे ।

पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएकाे प्रहरीकाे भनाइ छ ।

\"\"