🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टोखा छहरे सुरुङमार्ग अवलोकनमा तीन मन्त्रीको लर्को : निर्माणमा चीनकै आश

काठमाडौँ । अर्थ मन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र वन तथा वातावरण मन्त्री डा विरेन्द्र महतोले टोखा छहरे सुरुङमार्ग निर्माण क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

सोमबार मन्त्री महतसहितको टोली नुवाकोटको शिवपुरी ७ चापाबोटलगायतको क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरेको हो ।

सो क्रममा अर्थमन्त्री महतले सरकारले यो सुरुङमार्ग निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले भने ‘यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । हामीले यसको लागि बजेट विनियोजन पनि गरेका छौ । त्यसको अर्थ यो सुरुङ्ग मार्ग बनाउँन हामी गम्भीर छौ ।

यसले रसुवागढी चीन जाने नाकासम्म मात्रै नभएर पृथ्वी राजमार्गबाट आउँने ट्राफिकलाई पनि छिटो काठमाडौंमा पहुँच पु¥याउँछ । त्यस हुनाले दुबै कारणले गर्दा यो सुरुङ्ग मार्ग महत्वपूर्ण छ । यो यहाँको जनताको लागि मात्रै होईन अन्तरराष्ट्रिय स्तरको व्यापार, आवत जावतमा सजिलो हुने हुनाले यसलाई प्राथमिकतामा राखेका छौ ।’

त्यस्तै भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पनि सरकारले जतिसक्दो चाँडै यो काम सम्पन्न गर्नु पर्छ भन्ने ध्येयका साथ काम अघि बढाउने बताए ।

उनले चीनको सहयोग प्राप्त हुने अपेक्षाका साथ यो योजना अघि बढाउने बताए ।

‘किन भने काठमाडौंमा उपत्यकालाई नुवाकोट, रसुवा हुदैँ चीनसंग जोड्न पनि यो महत्वपूर्ण छ । बजेट पनि विनियोजन गरिसकेका छौं । ’ उनले भने ‘ प्रधानमन्त्रीको चीन भ्रमणमा चीनको सहयोगका लागि यो सुरुङमार्ग प्राथमिकतामा रहेकोले पनि यो महत्वपूर्ण छ । ’

उनले चीन र नेपालको राजधानी जोड्ने मार्गको रुपमा मात्रै नभई व्यापारिक महत्वका आधारमा पनि यो महत्पूर्ण रहेको बताए । त्यस्तै वन तथा वातावरण मन्त्री डा विरेन्द्र महतोले, सुरुङमार्ग निर्माणले त्यस्तै ठुलो असर नपर्ने भन्दै वन मन्त्रालयले यो योजना अघि बढाउन अवरोध नगर्ने बताए।

उनले भने ‘हामीले त्यस्तो ठुलो असर पर्ने चाँहि देखेका छैनौं । विकासको सन्र्दभमा चै वन र विकासको समृद्धी संगसंगै लाने भन्ने हाम्रो योजना हो । हामी विकासको बाधक बन्दैनौं ।’

नुवाकोटका निर्वाचन क्षेत्र न १ प्रतिनिधि सभा सासद हित बहादुर तामाङलगायतका  स्थानीय तहका जनप्रतिनिधिसमेत सहभागि थिए ।

चिनियाँ टोलीले काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन गरेको चार वर्ष बिते पनि यसमा थप प्रगति भने भएको छैन ।

करिब २० जनाको चिनियाँ प्राविधिक टोलीले एक महिना लगाएर सुरुङ निर्माण गर्ने क्षेत्रको प्रारम्भिक अधययन गरेको थियो । ०७६ फागुनमा आएको टोली माघमा अध्ययन सकेर चीन फर्किएको थियो ।