🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मुलुकी संहिताले भ्रष्टहरू प्रोत्साहित नहुन् 

  अहिले बल्ल नेपालमा मुलुकी ऐनको संशोधन गरेर ल्याएको मुलुकी संहिताको चर्चा हुन थालेको छ । अरु मुलुकमा र खासगरी लोकतान्त्रिक मुलुकमा राजनीतिक दल, सरकार र संसदले धेरैभन्दा धेरै जनताको राय सुझाव पहिले लिएर ऐनको संशोधन गर्छन् । नेपालमा चाहिं २०७४ सालमा केही चर्चा छलफल भएतापनि २०७५ भदौ १ गतेदेखि मुलुकी संहिता लागू भैसकेपछि पनि जनताले नयाँ ऐनमा के कस्ता नयाँ व्यवस्थाहरू छन् भन्ने थाहा पाएका छैनन् ।

लोकतन्त्रमा सरकारको कार्यप्रणाली पारदर्शी हुन्छ भन्ने मानिन्छ । सरकार र व्यवस्थापिकाले के र कुन कुन नयाँ काम गर्छन् भन्ने विषयमा जनताले पहिले नै थाहा पाएका हुन्छन् । नेपालमा पहिले सरकार र संसदले आफूलाई ठीक लागेको काम गर्ने गर्छन् र त्यसपछि मात्र जनताले सरकार र संसदले के गरे भनेर थाहा पाउँछन् । मुलुकी ऐनको संशोधनका विषयमा पनि सरकार र संसदको त्यस्तै प्रकारको कार्यशैली देखिएको छ । 

 मुलुकी संहितामा पत्रपत्रिका, संचार माध्यम र संचारकर्मीहरूले पहिले उपभोग गर्दै आएको अधिकारमा समेत अंकुश लगाउने प्रयत्न भएको भन्ने विषयमा पनि अहिले चर्चा भइरहेको छ । निश्चय नै प्रेस मर्यादित हुनुपर्छ र अरुको हक अधिकारप्रति संवेदनशील पनि हुनुपर्छ । तर, प्रेसमा छिटफुट रुपमा अमर्यादित क्रियाकलाप देखापरेको कुरालाई आधार बनाएर सूचनाको संप्रेषण गर्ने स्वतन्त्रतामा अंकुश लगाउने प्रयत्न पनि हुनुहुँदैन । २०४७ सालदेखिको संविधानले नेपाली जनतालाई प्रत्याभूत गर्दै आएको सूचनाको हकलाई मुलुकी संहिताले औजार प्रयोग गरेर सीमित तुल्याउन खोजियो भने त्यस्तो कार्य प्रतिगामी हुने कुरा पनि निश्चित छ । 

कुनै पनि निकायको कार्यकारी अधिकारीले आफूले गर्न लागेका र गरेका अनियमित कार्यको सूचनाको संप्रेषण गर्ने पत्रकार र संचार माध्यममाथि गोपनीयताको हक उल्लंघन गरेको, गालीबेइज्जती गरेको, आरोप लगाउन सक्ने अवस्थाको सिर्जना भयो भने सार्वजनिक निकायमा भ्रष्टाचार र अनियमितका काम अझ ब्यापक हुने सम्भावना बढ्छ । 

 त्यसैले गोपनीयताको हकको संरक्षण सम्बन्धी कानूनको औजार प्रयोग गरेर अनियमित र गैरकानूनी कामको ढाकछोप गर्न मिल्ने अवस्थाको निर्माण मुलुकी संहिताबाट हुन गयो भने त्यो देश र जनताको निम्ति दुर्भाग्यपूर्ण हुने देखिन्छ । त्यसैले, गैरकानूनी ढंगले गोपनीयताका हकमा आघात पु¥याउने संचारकर्मीलाई रोक्ने नाममा सरकारी अधिकारी स्वेच्छाचारी हुने अवस्थाको निर्माण नहोस् भन्ने कुरामा सरकार र संसद दुवै संवेदनशील हुन जरुरी छ । त्यसका लागि प्रेस सम्बन्धी कानूनको आवश्यकता अनुसार पुनरावलोकन र संशोधनजस्ता उपाय अवलम्बन गर्न सकिन्छ ।