🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महामन्त्री खड्काको संयोजकत्वमा  काङ्ग्रेसको विधान मस्यौदा समिति 

काठमाडौँ, ७ भदौ : नेपाली काङ्ग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । 

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा, २४ (८) बमोजिम आज विधान संशोधन मस्यौदा समिति गठन गरेका हुन्  ।

मुलुकको नयाँ सङ्घीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनाहरुलाई पुनः संरचना गर्न विधानमा आवश्यक संशोधन गर्न काङ्ग्रेस केन्द्रीय कार्य समितिको गत वैशाख १६ गते सम्पन्न बैठकले विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो । 

काङ्ग्रेसले पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा केन्द्रीय सदस्यहरु डा मीनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुङ्गाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक रहेका छन्  । 

समितिले पार्टी सभापति देउवासँग परामर्श गरी आफ्नो कार्यविधि आफैं तयार गरी लागू गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  । समितिका संयोजकले आवश्यकतानुसार विभिन्न व्यक्ति तथा संस्थाहरुलाई आफ्नो समितिमा आमन्त्रण गर्न सक्ने अधिकार प्रदान गरिएको छ । 
–––