🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित श्री आधारभूत विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णबहादुर क्यापछाकी मगरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मगरले विद्यालयको एक लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। मुद्दामा मगरसँग एक लाख ९० हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

अनुसन्धान हुँदा मगरले आफ्नै अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको बैठक राखी विद्यालयको आयस्रोत बढाउने कार्यको लागि लगानी गर्ने सर्तमा विद्यालयको एक लाख ९० हजार रुपैयाँ लिएको खुलेको अख्तियारले जनाएको छ।

आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापकबाट कागज भरपाइ गरी लिएको उक्त रकम हालसम्म फिर्ता नगरी हिनामिना गरेको देखिएको हुँदा मगरविरुद्ध सम्पत्ति हानि, नोक्सानी÷हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ।