🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हत्यामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ

भोजपुर, ७ असोज । कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले नियन्त्रण लिएको हो । 

विसं २०४६ कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । फैसला भएको मुद्दा कार्यान्वयन गराउनका लागि प्रहरी हवल्दार चितरञ्जन मेहताको टोलीले अभियुक्तलाई सुनसरीमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले आज पत्रकार सम्मलेनमार्फत जानकारी दिएको हो ।

फरार प्रतिवादी राईले स्थानीय बुद्धिकुमारको घरेलु हतियार खुकुरी प्रयोग गरी दुवै हात छिनाएर गम्भीर घाइते बनाएका थिए । बुद्धिबहादुरको उपचारका क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।  
–––