🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१५ दिने भ्रमण पछि प्रधानमन्त्री स्वदेश फर्किए

काठमाडौं, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन बिमानस्थलमा अवतरण गरेका छन ।

अमेरिका र चीनको १५ दिने लामो भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीसहित बिमानस्थलमा अबतरण गरेका हुन ।

अमेरिकाबाट २०८० असाेज ९ गते शनिवार चीनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड छेन्दुबाट एयर चाइनाको बिमानमार्फत भर्खरै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

संयुक्त राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चीन पुगेका प्रधानमन्त्री प्रचण्डले चीनमा त्यहाँका राष्ट्रपति सि जिन पिङ तथा प्रधानमन्त्री, चिनिया कम्युनिष्ट पार्टीका प्रतिनिधिसहित शीर्ष नेतृत्वसँग छलफलसमेत गरेका थिए।

उनको भ्रमण दलमा परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, कृषी मन्त्री महेन्द्रराय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसमेत फर्केका छन् ।