🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कुटपिट गरी झाँक्री हत्या गरेको आरोपमा २४ जना थुनामा

धादिङ, १२ भदौ (रासस) : जिल्ला अदालत धादिङले गङगाजमुना गाउँपालिका–२ लताब गाउँका झाँक्री र उनका सहयोगीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पुर्पक्षका लागि २४ जनालाई थुनामा राख्न आदेश दिएको छ । 

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले प्रहरीले पक्राउ गरी अनुसन्धानपछि जिल्ला अदालतमा पेश गरिएका २८ जनामध्ये २४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न र चार जनालाई साधारण तारेखमा छाड्न आदेश दिइएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले आज जानकारी दिए  । 

हत्यामा सङ्लग्न दुई जना अझै परार रहेको बताइएको छ । टुनामुना गरी गाउँवासीलाई दु:ख दिएको आरोपमा ६० वर्षीय साइला भन्ने प्लेक तामाङ र सोही स्थानका नरुङ तामाङलाई गाउँलले कुटपिट गरी हत्या गरिएको थियो । 

कुटपिटबाट मृत्यु भएका दुबैजनालाई गाउँलेले साउन ५ गते जलाएका थिए । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले साउन ७ गते उनीहरुलाई पक्राउ गरी हिरासतमा लिएको थियो । 
–––