काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सो मन्त्रालय सम्हाल्नासाथ मन्त्रालय मातहातको एउटा निर्णय विवादमा परेको छ। कमजोर व्यबस्थापनका कारण सुकेनास लागेर बन्द हुन् लागेको साझा स्वास्थ्य सेवाको महाप्रबन्धक पदमा ने.क.पा.नेताहरुको दवाबमा कांग्रेस कार्यकर्तालाई नियुक्ति दिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण स्रोत बताउछ ।
स्रोतका अनुसार, मन्त्री चक्रपाणी खनालले नियुक्ति गरेका गीरधारीलाल न्यौपाने अध्यक्ष रहेको र ६ जना संचालक मध्ये एकजना बोर्ड सदस्य हिमबहादुर क्षेत्री मात्र ने.क.पा. समर्थक रहेका भएतापनि बोर्ड सदस्य हिमबहादुर क्षेत्री विदेश भ्रमणमा रहेको समयमा महाप्रबन्धक पदमा शंकर ढकाललाई नियुक्त गरिएको विषय विवादमा परेको छ । अन्य ४ जना बोर्ड सदस्यमा केशब नरसिंह राजभन्डारी, रमेश रिजाल, चन्द्रप्रसाद थानी र दिलमान सिंह चन्द नेपाली कांग्रेस समर्थक रहेकाले बहुमतको आधारमा जीएम पनि नेपाली कांग्रेसकै कार्यकर्ता नियुक्ति गरिएको बताइन्छ।
नेकपा स्रोत भन्छ, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको सिफारिसमा गोरखा जिल्लाका नेपाली कांग्रेसका कार्यकता शंकर ढकाललाई मन्त्री पद्माकुमारी अर्यालको निर्देशनमा महाप्रबन्धक पदमा नियुक्त गरिएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको दवाबमा नेपाली कांग्रेसका कार्यकता शंकर ढकाललाई नियुक्ति गर्न मन्त्री पद्माकुमारी अर्यालले साझा स्वास्थ्य सेवाको संचालक समितिलाई निर्देशन दिएपछि संचालक समितिले नियुक्ति गर्ने निर्णय गरेको आरोप छ । तर, नेकपाका नेता कार्यकर्ताले सोधीखोजी गर्दा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको दवावमा मन्त्री पद्माकुमारी अर्यालले नियुक्ति दिन बाध्य भएको कुरा स्वयम् मन्त्री पद्माकुमारी अर्यालले बताउने गरेको स्रोतले दावी गर्यो।
नेपाली कांग्रेसका कार्यकता शंकर ढकाललाई महाप्रबन्धक पदमा नियुक्त गरिएको बिषयलाई लिएर मन्त्री पद्माकुमारी अर्याल र नेकपाको दुइतिहाइ सरकारको गोर्खादेखि धुम्बाराही हेडक्वाटरसम्म आलोचना भएको पार्टी स्रोत बताउछ । नेपाली कांग्रेसका कार्यकता शंकर ढकाललाई महाप्रबन्धक नियुक्ति दिएको विषयले गोर्खाका नेकपाका कार्यकर्ता रुष्ट बनेको खबर छ । मन्त्री पद्माकुमारी अर्यालको सचिवालयमा यसमा बारेमा जिज्ञासा राख्दा शंकर ढकाललाई बोर्डले महाप्रबन्धकमा नियुक्ति गरेर मन्त्रालयलाई जानकारी मात्र दिएको बताइयो।



