🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चर्चित नेता, पूर्व श्रम राज्यमन्त्री गाेविन्द उप्रेतीलाई प्रकाश माध्यमिक विद्यालयले गर्यो सम्मान

 काभ्रे,भुम्लु / गौरवमय इतिहास बोकेको प्रकाश माध्यमिक विद्यालयको विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि शुभकामना आदान प्रदान , सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ  ।

\"\"

\"\"

जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर- ८,  भुम्लुटारमा अवस्थित प्रकाश माध्यमिक विद्यालयले बडा दशैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान,सम्मान तथा सांस्कृतिक कार्यक्रमका लागि आयोजित गरेको कार्यक्रम भव्यताका साथ असाेज २८ गते विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अथिति एवं पालिका अध्यक्ष प्रेम बहादुर भुजेलले  बदलिँदो समय अनुसार अध्यापनको शैली परिवर्तन हुँदै जाने भएकाले विद्यार्थीहरू आफ्नो अध्ययनप्रति  चनाखो रहनुपर्ने बताए, साथै उनले विद्यार्थीले प्रदर्शन गरेको नृत्यलाई पनि प्रशंसा गर्दै शिक्षा क्षेत्रमा पालिकाबाट सक्ने सहयोग गरिरहने बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं पूर्व श्रम राज्यमन्त्री गोविन्दनाथ उप्रेतीले सबैलाई बडा दशैँको शुभकामना व्यक्त गरेका थिए ।

वि.व्या.स का अध्यक्ष शंकर रमन उप्रेतीको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक सन्जिब भण्डारीले गरेका थिए ।

कोशीपारीको विकासमा उल्लेखनीय भूमिका खेल्ने पूर्व श्रम राज्यमन्त्री गोविन्दनाथ उप्रेतीलाई टीका र माला लगाई सम्मानपत्र प्रदान गरिएको कार्यक्रम सञ्चालन तथा शिक्षक सन्जिब भण्डारीले बताए ।

साथै दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबद्वारा बनाउन गइरहेको मन्त्री उप्रेतीको प्रतिमा निर्माणको  लागि विद्यालयले  रु.४४०० क्लबलाई हस्तान्तरण गरेको बताइएको छ।

कार्यक्रममा विद्यालयबाट सेवा निर्वृत्त शिक्षक आनन्दराम उप्रेती र प्रकाश राज उप्रेतीलाई समेत टीका मालासहित सम्मानपत्र प्रदान गरिएको थियो भने केही समय अगाडि विद्यालयमा गरिएको खेलकुद प्रतियोगितामा प्रथम हुने विद्यार्थीहरूलाई समेत सोही कार्यक्रममार्फत पुरस्कार वितरण गरेको थियो।

कार्यक्रममा,शिक्षक/शिक्षिका,सोही वडाको वडा अध्यक्षलगायत केही अभिभावकहरुको पनि उपस्थिति थियो ।

पछिल्लो समय प्रकाश माध्यामिक विद्यालय पालिकाको अरु विद्यालय भन्दा उत्कृष्ट बन्दै गइरहेको छ ।

– रिकेश विश्वकर्मा( क्षितिज)