🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोशीमा राप्रपाद्वारा प्रमुख प्रतिपक्षी दलका लागि दाबी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका लागि दाबी पेस गरेको छ । 

राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसमक्ष प्रमुख प्रतिपक्षी दलका लागि दाबी पेस गरेका हुन् ।

कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन् । उनले प्रदेश सभाबाट विश्वासको मत पनि लिइसकेका छन् ।कार्कीलाई संसदमा प्रतिनिधित्व रहेका राप्रपा बाहेका सबै दलले विश्वासको मत दिएका छन् ।

विश्वासको मत लिने प्रस्तावमा मुख्यमन्त्री कार्कीका पक्षमा ८६ मत परेको थियो भने विपक्षमा ५ मत परेको थियो । विपक्षमा राप्रपाको मत परेको हो । ६ जना सांसद रहेकामा राप्रपाका एकजना अनुपस्थित थिए ।

९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ३९, कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् । उनीहरु सबैले कार्कीलाई विश्वासको मत दिएका थिए ।

राप्रपा संसदीय दलका नेता सिटौलाले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को दफा २ को खण्ड (ङ) अनुसार राप्रपा प्रमुख प्रतिपक्षी दल भएको र उक्त दलको नेताका रुपमा आफू प्रमुख प्रतिपक्षी दलको नेता भएको उल्लेख गर्दै त्यसअनुसार सेवा सुविधाका लागि दाबी पेस गरेका छन् ।