🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विद्रोह, संस्था बचाउनका लागि : एनआरएनए विद्रोही अध्यक्ष शर्मा

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका विद्रोही अध्यक्ष आर के शर्माले, संस्था बचाउनका लागि विद्रोह गर्नु परेको जिकिर गरेका छन् ।

११औं महाधिवेशनबाट डा. बद्री केसीसहितको टीम विजयी भएपछि पराजित समूहले औपचारिक रुपमै समानान्तर कार्यसमिति घोषणा गर्दै संस्था बचाउन विद्रोह गरेको जिकिर गरेको हो ।

सोमबार पत्रकारसंग विद्रोही समुहका अध्यक्ष शर्माले भने ‘विद्रोह संस्था बचाउनका लागि हो ’ उनले हरेकले दश दश डलर उठाएर संस्थाको भवन बनाएको भन्दै यो कसैको व्यक्तिगत सम्पती नभएको तर्क गरे ।

आफू पदका लागि नभएर परिस्थितिको कारणले संस्था रेस्क्यू गर्न केही साथीले नराम्रो मानेपनि अधिकासं साथीहरुको हितका लागि यो विद्रोह गरेको उनको दाबी छ ।

२० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण देखिएपछि नयाँ प्रक्रियामार्फत अध्यक्षमा शर्मालाई चयन गरिएको सो पक्षको दाबी छ । पराजित पक्षले नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. केशव पौडेललाई चयन गरेको छ । उनी निर्वाचनमा विजयीसमेत भएका थिए ।