काठमाडौं । वरिष्ठ गायीका चन्द्रकला शाहको गीत गजल संग्रह ‘मनभित्रका छालहरु’ सार्वजनिक भएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा कवि तुलसी दिवसलगायतले सो संग्रहको औपचारिक सार्वजनिक गरेका हुन् ।
सो संग्रहमा गायीका शाहले लेखेका ७५ वटा गीत गजल सामेल छन् ।
गायिका शाहको यसअघि आँधी आएर ताड्का तथा हाईकु संग्रह सार्वजनिक भएको छ ।
त्यो बाहेक उनले सयौँ दोहोरी गीत, लोकगीत तथा भजनमा संगीत तथा आवाज दिएकी छिन् ।



