🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इजरायलले पनि रिहा गर्यो ३९ प्यालेस्टाइनी बन्दी

तेल अहिव । हमासले बन्धक बनाएको समूहको बदलामा इजरायली जेलबाट जम्मा ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको छ । कतारको मध्यस्थतामा भएको सम्झौतामा चार दिनको लडाइँ रोकिएसँगै एक अर्काले बन्दी रिहाइ गरेका हुन् ।

उनीहरु माथि ढुङ्गा हानेदेखि हत्या प्रयाससम्मका विभिन्न अपराधमा संलग्न रहेको आरोप लगाइएको थियो । कतिपयलाई सजाय सुनाइयो भने कतिपय मुद्दाको पर्खाइमा थिए ।

२४ महिला र १५ किशोर किशोरीहरूको समूहलाई कब्जा गरिएको वेस्ट बैंकको बेतुनिया चेकपोइन्ट पार गरिएको छ । त्यसपछि इजरायलको जेल सेवाका अनुसार उनीहरूलाई घर फर्कन अनुमति दिइने छ।

बन्दीहरूलाई इजरायलले संकलन गरेको ३ सय महिला र नाबालिगहरूको सूचीबाट छनोट गरिएको थियो । सूचीमा रहेका एक चौथाई भन्दा कम दोषी ठहरिएका छन्, धेरै जसोलाई ट्रायलको पर्खाइमा रिमान्डमा राखिएको छ । सूचीबद्ध तीमध्ये अधिकांश किशोर केटाहरू छन, जो ४० प्रतिशत त १८ वर्ष मुनिका छन् । त्यहाँ एक किशोरी र ३२ महिलाहरू पनि छन् ।