धनगढी, १२ मंसिर । कैलालीमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिका–३ बल्चौरमा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १२०८ नम्बरको जिपको ठक्करबाट साइकलयात्री सोही नगरपालिका बादीटोलका ५९ वर्षीय कर्णबहादुर वादीको मंगलबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लाल रत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।



