🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रणवीरको \’एनिमल\’ भोजपुरीमा पनि बनाइँदै, खेसरीलाल मुख्य नायक

नयाँदिल्ली, २६ मङ्सिर । भोजपुरी फिल्म उद्योगको आफ्नै फ्यान बेस छ।

मानिसहरु भोजपुरी फिल्म हेर्न निकै रुचाउँछन् । तर सामान्यतया यस्तो देखिन्छ कि जब हिन्दी सिनेमामा कुनै फिल्म हिट हुन्छ, भोजपुरी सिनेमाका निर्देशक र निर्माताहरू त्यही फिल्मको जस्तै फिल्म बनाउन थाल्छन्। रणवीर कपुरको फिल्म एनिमल हिट भएपछि फेरि पनि यस्तै केही हुनेवाला छ ।

यसै सिरिजमा रणवीर कपूर स्टारर ब्लकबस्टर एनिमल पनि भोजपुरीमा बन्न लागेको छ । एनिमल फिल्म सुपर डुपर हिट भएपछि भोजपुरी निर्माताहरुले भोजपुरीमा बनाउने तयारी गरिरहेका छन् । यो चलचित्रको कलाकारहरु कस्तो रहनेछन् र यो चलचित्र कस्तो बन्नेछ भन्ने जानकारी गरौं ।

भोजपुरी उद्योगमा बन्न लागेको फिल्म ‘एनिमल’ मा भोजपुरी अभिनेता खेसरीलाल यादव एनिमलका मुख्य अभिनेता रणवीर कपूरको भूमिकामा देखिने भएका छन् । हाल उनी फिल्मको तयारीमा छन् र यो फिल्म आफैंमा एनिमलको भोजपुरी नक्कल भएको बताइएको छ । यस फिल्मका सिन र स्टोरी लाईन कपी गरिएको छ र यस सम्बन्धमा साउथका निर्माता र निर्देशकसँग छलफल भइरहेको छ ।

समाचारमा विश्वास गर्ने हो भने खेसरीलाल यादवलाई लिएर बन्ने यो फिल्मको सुटिङ जनवरीबाट सुरु हुन सक्ने र यसका लागि बनारस वरपरका क्षेत्र छनोट गरिएको छ । यस फिल्ममा दक्षिण र हिन्दी सिनेमाका केही कलाकार पनि देख्न सकिन्छ ।

अर्कोतर्फ, रणवीर कपूर, रश्मिका मन्डन्ना, अनिल कपूर र बबी देओल स्टारर फिल्म एनिमलको कुरा गर्ने हो भने यो फिल्म डिसेम्बर १, २०२३ मा ठूलो पर्दामा रिलिज भएको थियो र १० दिन बितिसक्दा पनि फिल्मको क्रेज जारी छ।

दशौं दिनमा फिल्मले ३५ करोड भारु कलेक्सन गरेको छ भने समग्रमा फिल्मले भारतमा ४०० करोडभन्दा बढीको व्यापार गरिसकेको छ । योसँगै विश्वभर एमिनालले ७ सय करोडभन्दा बढी कमाइसकेको छ ।