🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पहिचानवादीले जलाइदिए एमालेको गेट, ८ जना पक्राउ

विराटनगर  ।  नेकपा एमालेले तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् ।  झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका हुन् ।  

एमालेको संकल्प यात्रालाई अवरोध गरेको आरोपमा आठजना पक्राउ परेका छन् । ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीका आठजनालाई प्रहरीले पक्राउ गरेको हो । 

सङ्कल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी–हर्कपुर आउने कार्यक्रम छ । सो कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीहरुले बन्दको आह्वानसमेत गरेका छन् ।