🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भ्रष्टाचारमा अन्य दलको संलग्नताले राप्रपाको पक्षमा जनमत बढ्दै गयो : अध्यक्ष लिङ्देन 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले, आफ्नो पार्टीको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको बताएका छन् । 

आइतबार धुम्बाराहीमा जारी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचारका हरेक काण्डमा अन्य दलका नेताहरूको संलग्नता देखिनाले राप्रपाको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको बताएका हुन् । ‘नेताहरु र सरकारको नेतृत्व गरेको मानिसहरु संलग्न भएको तथ्यहरु बाहिर आइसकेको छ ।’ उनले भने, ‘भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। त्यसैले हाम्रो पार्टीको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको छ ।’

अध्यक्ष लिङ्देनले सबै दलका नेताहरु मिसन ८४ भनेर हिँडिरहेका अवस्थामा राप्रपालाई मिसन ८४ कुर्ने छुट नभएको बताए । उनले भने, ‘अहिले सबै  दलका नेताहरु मिसन ८४ भनेर हिडिरहेका छन् । तर राप्रपालाई मिसन ८४ कुर्ने छुट छैन् । धैर्य गर्ने समय छैन् । किनकी देशको अर्थतन्त्र ओरालो लागिरहेको छ ।’
उनले राप्रपाले केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने दाबी गरे । 

उनले अगाडी भने, ‘राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ। सत्ता केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिन्छौँ।’

उनले आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गर्नुपर्ने धारणा राख्दै राप्रपा नेतृत्वमाथि योजनाबद्ध रूपमा भइरहेको बदनाम रोकिनुपर्ने उल्लेख गरे ।