🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री कप महिला क्रिकेटः सुदूरपश्चिममाथि कोशी प्रदेशको सानदार जित

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पनि प्लेअफ सम्भावनालाई बलियो बनाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कोशी प्रदेशले सुदूरपश्चिममाथि ८ विकेटको जित निकाल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा ३ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

जवाफमा कोशीले १७.४ ओभरमा २ विकेट गुमाएर जित निकालेको हो । कोशीलाई जिताउनका लागि कप्तान रुविना क्षत्री र काजल श्रेष्ठले उत्कृष्ट पारि खेले । रुविनाले ५५ बलमा ५१ रनको नटआउट पारि खेल्दा १ छक्का र ८ चौका प्रहार गरिन् ।

स्कोर लेभल भएका बेला काजल श्रेष्ठ आउट भइन् । उनी अर्धशतक बनाएर आउट भएकी हुन् । उनले ४८ बलमा ५४ रन बनाइन् । उनले ८ चौका प्रहार गरिन् ।
काजल आउट भएका बेला अप्सरी बेगम खाता नखोलेर आउट भएपछि दोस्रो विकेट गुमाएको थियो । तर, क्रिजमा आएका विमला मालाले ४ रनको नटआउट पारि खेल्दै जित दिलाइन् ।

अन्त्यमा कोशीले गुमाएका दुवै विकेट अनु कडायतको नाउँमा रह्यो । टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमका लागि विन्दू रावलले ३३ रन बनाइन् । उनले ३९ बल फेस गर्दा ५ चौका प्रहार गरिन् । यसैगरी सम्झना खड्काले ३१ बलमा २७ रन बनाउँदा ३ चौका प्रहार गरिन् ।

यसैगरी कविता जोशीले २४ बलमा २६ रन नटआउट बनाउँदा ३ चौका हिर्काइन् । यस्तै रेवती धामीले १८ बलमा २० रनको नटआउट पारि खेल्दा ३ चौका प्रहार गरिन् । कोशीका लागि सबनम राइ र अप्सरी बेगमले एक एक विकेट लिए ।