🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पेस्तोलसहित पक्राउ

 घोराही, ४ असोज (रासस) : पेस्तोलसहित घोराहीबाट प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१२ का २१ वर्षीय जुनकुमार बुढा रहेको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए । 

आफ्नै बुबालाई गोली हान्ने धम्की दिँदै आएका बुढाले हतियार बोकी हिडिराखेको प्राप्त सूचनाका आधारमा उनको शरीर खानतलासी गर्दा पेस्तोल भेटिएको प्रहरी उपरीक्षक शर्माले बताए  । बुढाको साथबाट ७ दशमलव ६५ क्यालिभरको पेस्तोलका साथ एक थान म्यागजिन र चार राउण्ड गोली पनि बरामद भएको थियो । बुढामाथि थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।

यसअघि घोराही उपमहानगरपालिका–१३ बडहराका २७ वर्षीय वीरबहादुर चौधरीलाई अमेरिकामा बनेको अटोमेटिक पेस्तोलसहित शनिबार बेलुका घोराही बजारबाटै पक्राउ गरी मुद्दा चलाइसकिएको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए । 
–––