🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दोलखा र भक्तपुर राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिपको फाइनलमा

ललितपुर । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधिका लागि दोलखा चेस होम नेपाल र भक्तपुर जिल्ला बुद्धिचाल संघबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार सम्पन्न नकआउट चरणको पहिलो खेलमा दोलखाले मकवानपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । फाइनलमा पुग्ने क्रममा दोलखाले मकवानपुरमाथि २–५ र १–५ को जित हासिल गर्यो । जसमा वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल र कृष्ण थापाबीचको खेल बराबरीमा सकिएको थियो ।

 \"\"

त्यस्तै सुश्रुत दहाल सिन्देश्वर दाशसँग हारे भने मुहान नर्सिङ श्रेष्ठले सुदेन टुईटुईमाथि र सुजना लोहनीले अनुस्ना गौतममाथि जित हासिल गर्दै टिमलाई फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान दिए ।

त्यसैगरी नकआउट चरणको दोश्रो खेलमा भक्तपुर जिल्ला बुद्धिचाल संघले र कोशी प्रदेश बुद्धिचाल संघलाई पराजित गर्दै फाइनलमा दोलखासँगको भेट पक्का गरेको हो ।

सेमिफाइनल अन्तर्गत क्लासिकल चरण बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा गएको थियो । जसमा भक्तपुर जित हासिल गर्न सफल भयो । जित निकाल्ने क्रममा भक्तपुर जिल्ला बुद्धिचाल संघले कोशी प्रदेशलाई ट्राइबेकरको चार वटै खेलमा पराजित गर्न सफल भयो ।

क्लासिकल चरणमा भक्तपुरका युवा खेलाडी पुरुतोत्तम सिलवाल र कोशीका प्रकाश चन्द्र नेपाल तथा भक्तपुरका स्वर्णिम दुवाल र कोशीका मिसन दहालबीचको खेल बराबरीमा सकियो ।

भक्तपुरका राजेश कक्षपती कोशीका सविन चन्द्र घिमिरेसँग पराजित हुन पुगे भने अभिक शाहले कोशीका कृतिशारा अधिकारीमाथि जित निकाल्दै टिमलाई स्ट्यान्डर चरणमा बराबरी गर्दै खेललाई ट्राईबेकरमा पुर्याएका थिए ।

ट्राइबेकरमा भक्तपुरका पुरुसोत्तम सिलवाल, विक्रम चोकामी, स्वर्णिम दुवाल र अभिक शाहले क्रमशः कोशीका प्रकाश चन्द्र नेपाल, सविन चन्द्र घिमिरे, मिसन दहाल र कृतिशारा अधिकारीमाथि जित निकाल्दै टिमलाई ४–० को जित दिलाउदै फाइनलमा पुर्याए ।

ललितपुरस्थित तुल्सिलाल स्मृती प्रतिष्ठानमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार बिहान ९ बजे शुरु हुनेछ ।

राष्ट्रिय स्तरका उत्कृट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ।

त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको कूल पुरस्कार राशी ४ लाख ७० हजार रहेको संयोजक राजु ताम्राकारले जानकारी गराएका छन् भने पुष २८ गते समापन हुने पुरस्कार वितरण तथा समापन समारोह प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा हुनेछ।