🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अनुसन्धानकर्ताभन्दा पीडक र पीडकलाई संरक्षण गर्नेहरु शक्तिशाली : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले फौजदारी अपराधमा पीडितलाई न्याय दिलाउन प्रहरीले संवेदनशील भएर काम गरिरहेको बताएका छन् । उनले अपराधमा संलग्नहरू पीडितभन्दा मात्रै नभएर अनुसन्धानकर्ताभन्दा पनि शक्तिशाली र कानूनको ज्ञाता हुने गरेको बताए । 

अपराध अनुसन्धान विभागले सोमबार काठमाडौंमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक कुँवरले अपराध अनुसन्धानमा प्राथमिक जिम्मेवारी पाएको प्रहरीले आफ्नो दक्षता, क्षमता, श्रोतसाधन र जनशक्तिको आधारमा कानूनी राज्यको प्रत्याभूति गराउन प्रयास गरिरहेको बताए । 

‘अपराधको रोकथाम र अनुसन्धानको प्राथमिक अंगकोरुपमा जिम्मेवारी निर्वाह गर्दै आएको छ । त्यसअनुसार प्रहरीले पीडितलाई न्याय, अपराधीलाई सजाय र मानव अधिकारको सम्मान गर्दै विधिको शासन कायम गर्न निरन्तर काम गर्दै आएको छ,’ उनले भने ।

उनले नेपाल प्रहरीले अनुसन्धानका लागि समयानुकुल प्रविधियुक्त विशिष्टीकृत र दक्ष जनशक्तिको व्यवस्था गर्दै लगेको बताए । ‘यहाँ पीडित र अनुसन्धानकर्ताभन्दा पीडक र पीडकलाई संरक्षण गर्नेहरु शक्तिशाली छन्, उनीहरुलाई झन् धेरै कानूनको ज्ञान छ,’ उनले भने, ‘त्यसकारण अनुसन्धानकर्तालाई संरक्षण र वृत्ति विकासका लागि समेत हामीले ध्यान पु¥याउनुपर्ने अवस्था रहेको छ ।’

महानिरीक्षक कुँवरले फौजदारी अपराधमा पहिलो अनुसन्धानकर्ता नै प्रहरी भएकाले प्रहरीले कुनै गल्ती कमजोरी नगरीकन काम गर्न सक्नुपर्ने बताए । ‘संविधानको पाना र कानूनका दफामा जति नै शब्दहरु लेखेको भएपनि राज्यले अधिकार सुम्पिएका हामी र हाम्रो कार्यशैलीमा काँचुली नफेरेसम्म नागरिकले न्यायको प्रत्याभूति गर्न पाउँदैनन्, न्याय दिएरमात्रै हुदैन, पीडितले न्यायको महसुस पनि गर्न पाउनुपर्छ,’ उनले भने ।