🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कर्णाली प्रदेशका  मन्त्रीहरुको मनपरीतन्त्र : हेलिकप्टरमा यात्रा  !!

काठमाडौं । कर्णाली प्रदेशको संसदीय दलको नेता को हुने भन्ने अन्तरसंर्घष र प्रदेश सरकारका मन्त्रीहरुको अस्वभाविक गतिविधिले नेकपालाई बढो तनाव दिइरहेको खबर छ । मन्त्रीहरु नै अनावश्यकरुपमा काठमाडौं धाउने अनि विभिन्न जिल्लामा जाँदा गरेको खर्च हेर्दा कर्णाली प्रदेशका मन्त्रीविरुद्ध सांसद नै लाग्ने अवस्था देखिन थालेका छ । संविधान दिवसको दिन अर्थात् ३ असोजमा सुर्खेतमा आयोजित कार्यक्रममा एक्लो मन्त्री उपस्थित थिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीमात्रै थिए । हुन त, उनी कार्यबाहक मुख्यमन्त्री पनि हुन । मुख्यमन्त्री महेन्दबहादुर शाही र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला सोही दिन चीन भ्रमणमा निस्किए । अनि समाजिक विकासमन्त्री दल रावल पनि काठमाडौंमा थिए, तर त्यही दिन सुर्खेत गए । कृषिमन्त्री विमला केसी भने हेलिकप्टर लिएर हुम्ला पुगिन । कृषि फारमसम्बन्धीको सानो कार्यक्रमका लागि मन्त्री केसीले हेलिकप्टर नै चार्टर गरेर हुम्ला पुगेपछि दुईवटा समस्या आए । एउटा हुम्लामा संविधान दिवसका कार्यक्रम कसरी गर्ने भन्ने अर्को त्यतिका खर्च किन गरेको भन्ने ?

त्यसको दुईदिन अगाडि कालिकोटमा चारजना मन्त्री हेलिकप्टरमा गएका थिए मुख्यमन्त्री शाहीसहित । कालिकोट जानेमा  आन्तरिक मामिला मन्त्री नरेश भण्डारी र कृषिमन्त्री विमला केसी पनि थिइन । उक्त हेलिकप्टर चार्टरको खर्च मात्रै करीब ६ लाख भएको थियो । त्यसैले केसी हुम्ला गएको विषयमा पनि सुर्खेत चर्चा र असन्तुष्टिको विषय बनेको थियो । त्यसमाथि हुम्लामा पूर्व पर्यटनमन्त्री जीवनबहादु शाहीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने तय भइकसेको थियो ।

त्यो अवस्थामा मन्त्री आउँदा कार्यक्रम कसरी गर्ने भन्ने प्रश्न उठेको थियो । त्यसैले हुम्लामा कार्यक्रम नै छिटोछिटो गरिएको चर्चा पनि छ । केसीले आपूmलाई अपमान गर्न खोजेको भन्दै असन्तुष्टि पनि जनाएकी थिइन । फुर्सदिला भएर अहिले सुर्खेतका मन्त्रीहरु खर्चालु काम भइरहेका छन्, एउटै कार्यक्रममा ५ जनामन्त्रीसम्म सहभागी भएर बजेट उडाउने गरेका छन् । 

यही मेसोमा नेकपामा संसदीय दलको नेता को हुने भन्नेमा रस्साकस्सी अझै सकिएको छैन । जसले गर्दा पार्टी र सरकारबीच तालमेल पनि मिलेको छैन । संसदीय दलको नेताका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही र पूर्वएमालेका नेता यामलाल  कँडेल दावेदार छन् । यी एकथरी सहमतिभन्दा पनि निर्वाचनबाट टुंगो लगाउनुपर्ने धारणामा पनि छन् । 

त्यो अवस्थामा   कँडेल पराजित हुने संभावना छ । त्यसैले पूर्वमाओवादी र पूर्व एमालेको माधव नेपाल समूह निर्वाचनमा नेता चयन गर्नुपर्ने पक्षमा देखिएका छन् । पूर्वएमालेबाट   कँडेलको पक्षमा ९ जना र माधव नेपाल समूह प्रकाश ज्वालाको पक्षमा ११ जना थिए । पछि एकजना क“डेलको पक्षमा लागेपछि ज्वालाले संसदीय दलको नेता   कँडेललाई छोडेका थिए ।

त्यसरी हेर्दा २० जना पूर्व एमालेबाट कम्तीमा १० जना र पूर्व माओवादीका १३ जना गरी २३ जना हुँदा दलको नेतामा शाही निर्वाचित हुने हिसाब गरेर बसेका छन् । तर, अहिले शाहीलाई मुख्यमन्त्री बनाउने जनार्दन शर्मा नै इञ्चार्ज बनेपछि भने   कँडेल सहइञ्चार्ज भए । अब उनी दलको नेतामा दावी गर्छन् कि गर्दैनन् भन्ने चर्चा चलेको छ । तर, उनी संसदीय दलको नेता छोड्ने पक्षमा नभएको सुर्खेतका पूर्वएमाले नेताहरुको टिप्पणी छ ।