काठमाडौं, २१ माघ । आजसम्म कायम सेयरधनीले रिडी पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । यस कम्पनीले ५० प्रतिशत हकप्रद सेयरको लागि माघ २२ गते बुक क्लोज गर्दैछ ।
कम्पनीले १०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर जारी गर्न लागेको हो । जसअनुसार रिडी पावरले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ ।
यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ। हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।



