🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्रोएसिया पठाइदिने भन्दै १४ लाख ठगेको आरोपमा कौशलटारबाट एक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापति रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रजापतिलाई मंगलबार मध्यान्ह कौशलटारबाट पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रजापतिले रामप्रसाद साहसहित सात जनाबाट १४ लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोप छ। क्रोएसियामा पुगेपछि प्रतिष्ठित होटलमा मासिक एक लाख रुपैयाँ तलब हुने आश्वासन देखाएर प्रजापतिले व्यक्तिहरूसँग रकम संकलन गर्न थालेका थिए।

प्रतिव्यक्ति १२ लाख रुपैयाँ लागत लाग्ने भन्दै प्रजापतिले रकम संकलन गरेका थिए। रकम संकलन गरेर सम्पर्कविहीन भएपछि पीडितले कार्यालयमा उजुरी दिएका थिए। उजुरीपछि खोजीका लागि परिचालन भएको प्रहरी टोलीले प्रजापतिलाई पक्राउ गरेको रेग्मीले बताए। पक्राउ परेका प्रजापतिलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको उनले बताए।