🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धरानको खानेपानी समस्या समाधान गर्न पाँच अर्ब विनियोजन हुँदै

धरान, २८ माघ । विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईले धरानको खानेपानी समस्या समाधान गर्न आगामी आर्थिक वर्षको बजेटमा रु पाँच अर्ब विनियोजन गरिने बताउनुभएको छ । 

आज यहाँस्थित केन्द्रीय प्रविधि क्याम्पसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गर्नेसम्बन्धी कार्यशाला उद्घाटन गर्दै मन्त्री राईले धरानको  खानेपानी समस्या समाधान गर्न सप्तकोशीबाट पानी ल्याउने आयोजनाको सर्वेक्षण पूरा भएको जानकारी दिनुभयो । 

 
मन्त्री राईले भन्नुभयो, “खानेपानीको सर्वेक्षण भइसकेको र प्रतिवेदन खानेपानी मन्त्रालयमा पुगेको बताउनुभयो । आयोजनाका लागि  रु पाँच अर्ब लाग्ने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा उक्त रकम विनियोजन हुनेछ । ”

दश वर्षभित्र लगानी उठाउने योजनासहित सुरु हुने आयोजनामा पूरा हुन तीन वर्ष लाग्ने बताइएको छ । मन्त्री राईले सप्तकोशीबाट ‘लिफ्टिङ सिस्टम’बाट पानी ल्याइने बताउनुभयो । 

विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापनाका लागि धरान उपयुक्त स्थान भएको उहाँले बताउनुभयो । उहाँले कृषिको विकासका लागि प्रशोधन र बजारीकरणको क्षेत्रमा आवश्यक प्रविधि र प्राविधिकको  नाष्ट केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

 नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा दिलीप सुब्बाले कृषि उत्पादनलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै नाष्टले प्रदेशसँग मिलेर प्रदेशको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रविधिको प्रयोग गरेर कृषि उत्पादन बढाउन किसानलाई सघाउन सकिने बताउनुभयो । 

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धरान आवासका निम्ति उपयुक्त सहर भएकाले त्यसैअनुसार खानेपानी योजना सञ्चालन तथा फोहोर मैला व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयोे ।