🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले दैलेख जिल्ला अध्यक्षमा सूर्यबहादुर शाही निर्विरोध

दैलेख, १ फागुन :नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेख जिल्ला अध्यक्षमा सूर्यबहादुर शाही निर्विरोध चयन हुनुभएको छ । एमालेको आठौँ जिल्ला अधिवेशनले उहाँको नेतृत्वमा पाँच पदाधिकारीसहित ९१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा प्रेमबहादुर बुढा,सचिवमा हिमालयजङ्ग शाह ,उपसचिवमा मीनबहादुर बुढा क्षेत्री र महिला उपाध्यक्षमा तारा सोनी निर्विरोध निर्वाचित हुनुभएको नेकपा एमालेका जिल्ला समिति सदस्य यामनारायण उपाध्यायले बताउनुभयो । शाही अघिल्लो पटक अध्यक्षमा रवीन्द्रराज शर्मासँग पराजित हुनुभएको थियो ।
–––

तस्बिर ः भिम ओली