🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्यानाडामा दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु, १० जना घाइते

विराटनगर । क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा परेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको अन्टारियोमा रहेका नेपाली बेनुपराज भट्टराईले जानकारी दिए ।

त्यहाँ रहेका नेपालीले दुर्घटनामा पर्नेहरू उच्च शिक्षा अध्ययन गर्न पुगेका नेपालीहरु रहेको उल्लेख गरेका छन् । घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था सिकिस्त रहेको जनाइएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुबी युवती रहेको खुलेको छ । स्थानीय प्रहरीले गोपनीयताका कारण उनीहरुको नाम भने सार्वजनिक नगरेको भट्टराईले बताए । उनीहरु लण्डनस्थित फेन्सअ अलेजमा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ ।

स्थानीय एक मोटर पार्ट्स कम्पनीमा आंशिक समय कार्यरत उनीहरु बिहानीको ड्युटी गर्नका लागि उज्यालो नहुँदै कारमा कार्यस्थलतर्फ गइरहेका बेला दुर्घटना भएको थियो । प्रहरीको अनुसन्धान जारी रहेको र मृतकका परिवारलाई पहिले जानकारी दिने प्रक्रियाका कारण आधिकारिक रुपमा उनीहरूको नाम सार्वजनिक नगरिएको हो ।