🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पप्पुको कमिशन खाने डीजी र सचिव ! : चोट पाउने उपसचिव र इन्जीनीयर

काठमाडौं । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल बनिनसक्दै भास्सिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडकका कर्मचारी, ठेकेदार र कन्सलट्यान्टमाथि मुद्दा दायर गरेको छ । अख्तियारले ठेकेदार पप्पु कन्ष्ट्रक्सनका तत्कालीन अध्यक्ष सांसद हरिनारायण र वर्तमान अध्यक्ष सुमित रौनियार, सडक डिभिजन कार्यालय बाँके नेपालगंजका तत्कालीन ४ डीई(उपसचिव), २ इन्जीनीयर र २ सबइन्जीनीयरविरुद्ध असोज १९ मा ९० करोड बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

परामर्शदाता कम्पनी एभरेष्ट इन्जीनीयरीङ कन्सलट्यान्टका कृष्णदेव यादवविरुद्ध पनि मुद्दा दायर गरेको छ । सडक विभाग अन्तर्गतका डीईहरू झापाबाट असोज १२ मा सडक विभागको करिडोरमा सरुवा भएका राजेशकुमार यादव, प्रदेश ४ का मनोज श्रेष्ठ, तनहुँ डिभिजनबाट सरुवा भएका भानु जोशीसहितका निमित्त प्रमुख भएका इन्जीनीयर नवराज केसीविरुद्ध मुद्दा दायर गरेको छ । इन्जीनीयर हरिबहादुर खड्का र दीपेन्द्रबहाुदर बिष्ट र सबइन्जीनीयर कर्मातेन्जिन तामाङ र गोविन्द गैरेबिरुद्ध पनि मुद्दा दायर गरेको छ । सडक विभागका महानिर्देशकहरूको इन्ट्रेष्टमा दिएको ठेक्कामा बाँके डिभिजनका प्रमुखहरू अनाहकमा परेका छन् ।

पुल भत्किनुमा मुख्य दोषी गुणस्तरहीन निर्माण गर्ने ठेकेदार र गलत डिजाइन गर्र्ने परामर्शदाता कम्पनी हो । परामर्शदाताले गरेको डिजाइनकै कारण पुल भत्किएको हो, सडक विभागका एक इन्जीनीयरले भने,परामर्शदाता कम्पनी एभरेष्ट कन्सलट्यान्टको कामको बारेमा यसअघि पनि पटक पटक प्रश्न उठ्दैआएको छ । त्यस्तो विवादास्पद कम्पनीले गरेको डिजाइनका आधारमा पुल बनाइयो । जसका कारण बनिनसक्दै भत्किन पुग्यो ।

पुल महाशाखाले अनुगमन गरी कसका कारण पुल भत्किएको हो, यथार्थ प्रतिवेदन बुझाएको भए सडकका डीई र इन्जीनीयरहरू भ्रष्टाचारमा पर्ने थिएनन् । उनीहरूलाई नखाएको बिष लागेको गुनासो छ । पुल महाशाखाका तत्कालीन प्रमुख (हाल एडीबी सडक निर्देशनालय प्रमुख) सुई सरोज प्रधान र अहिलेका अर्जुनजंग थापाले पुल कसरी भत्कियो भनेर यथार्थ छानबिन गरी अख्तियारमा प्रतिवेदन बुझाएको भए सडकका डीई र इन्जीनीयरहरू पर्ने थिए कि थिएनन् भन्ने प्रश्न उठेको छ । 

 पप्पुलाई ठेक्का दिने काम तत्कालीन महानिर्देशक र पुल योजनाका हाकिमहरूले गरेका हुन् । कमिसन दिए पनि पप्पुले माथि नै दिने गरेको थियो । तर मुद्दा भने हातमात्र चाट्ने डिभिजन प्रमुख र इन्जीनीयरहरूमाथि लागेको छ । जब्दीको पुल भत्किएपछि पुल महाशाखाले सुई अयोध्या श्रेष्ठको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । उक्त छानबिन समिति पनि पप्पु कन्ष्ट्रक्सनबाट प्रभावित भई गोलमटोल प्रतिवेदन दिएका कारण पनि सडकका डीईहरूविरुद्ध अख्तियारले मुद्दा बुझाएको सडककै ती इन्जीनीयर बताउँछन् ।

उनका अनुसार अयोध्या श्रेष्ठले पुलको भाँचिएको पिलर पानीका कारण अध्ययन गर्न नसकेको काइते प्रतिवेदन दिएका थिए । पप्पुबाट उनले कुस्त लाभ लिएर उनले काइते प्रतिवेदन दिएको आरोप छ । सडक विभागको सुईबाट अवकाशपछि हाल रेल विभागको कन्सलट्यान्ट रहेका अयोध्या श्रेष्ठलाई पनि छानबिन समितिको संयोजक भएर पप्पुको प्रभावमा परेकोमा मुद्दा हाल्नुपर्ने थियो । पप्पुले पुलको फाउन्डेसन बनाउँदा नदीमा १५ मिटर गहिराईको बनाउनुपर्नेमा ५ मिटरमात्र खनेको अख्तियारको अनुसन्धानमा खुलेको छ ।

पुल महाशाखाले कसको के गल्ती हो, त्यो कुरा नै अख्तियारलाई दिन नसकेपछि सडकका कर्मचारीहरूविरुद्ध मुद्दा परेको छ । ठेकेदार र कन्सलट्यान्ट कसको गल्तीले पुलको पिलर भाँचिएको हो भन्नेबारेमा प्रतिवेदन श्रेष्ठको प्रतिवेदन जस्ताको तस्तै बुझाउँदा सडकका कर्मचारीहरू पनि फस्ने धारणा सडकका अधिकारीले दिएका थिए । तर पुल महाशाखाका सरोज प्रधानले सुनुवाइ गरेनन् भने अर्जुनजंग थापा आएपछि पनि बेवास्ता गरे ।

पुल महाशाखामा बसी कमिसन खाने तर अनुगमन नगर्ने सरोज प्रधानलाई पनि अख्तियारले उन्मुक्ति दिएको छ । उनी पुल महाशाखामा हुँदा ठेक्का दिइएका अधिकांश पुलको गुणस्तरहीन भएकाले छानबिन हुनुपर्ने सडक विभागका अधिकारी नै बताउँछन् । 

आयोजनामा सरुवाको तयारी

भौतिक मन्त्री रघुवीर महासेठले डिभिजन प्रमुखहरूको सरुवा गरिसकेपछि सडक विभागका आयोजनाहरूमा सरुवा गर्ने तयारी गरेका छन् । मंगोलियाबाट असोज २० मा फर्किएका मन्त्री महासेठले दरबन्दी स्वीकृत गरी असोज २३ सम्म सरुवा गर्ने स्रोतले बतायो । हुलाकी आयोजनामा सरुवा हुनका लागि सूर्यबहादुर भाटले नेकपाका अध्यक्ष पुष्पकमल दाहालदेखि विभिन्न शक्तिकेन्द्रबाट दबाब दिइरहेका छन् ।

उनी यसअघि मध्यपहाडी लोकमार्गका दुवै खण्डमा ५ बर्षदेखि कार्यरत छन् । विगतमा आरजु देउवाको आशीर्वादमा आकर्षक मानिने आयोजनामा बस्दैआएका भाटले अहिले हुलाकी सडक ताकेका छन् । धरान–चतरा–हेटौंडा पूर्व र पश्चिम खण्ड मिलाएर मदन भण्डारी राजमार्ग निर्देशनालय बनाउने तयारी भइरहेको छ । धरान–चतराको पूर्वी खण्डमा कर्णबहादुर रानाभाट र पश्चिम खण्डमा पश्चिम खण्डमा अशोक तिवारीले जोड लगाइरहेका छन् ।

निर्देशनालयको प्रमुखमा श्याम खरेललाई लान लागिएको छ । रानाभाट, तिवारी र खरेल सडक विभागमा खेलाडीका रुपमा चिनिन्छन् । जुनसुकै सरकार आए पनि मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पैसादेखि चाकरीसम्म गरेर रोजेको आयोजनामा जानसक्ने खुबी भएका भनेर उनीहरूलाई चिनिन्छ । जुनसुकै पार्टीसँग पनि स्वार्थसिद्ध गर्ने डीईका रुपमा उनीहरूलाई सडकमा लिने गरिन्छ ।   (साँघु साप्ताहिक असोज २२)