🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेकपा एसको सचिवालय बैठक सुरू, सरकारमा जाने नजाने निर्णय हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।

तर, आज बिहान भएको भेटघाट पछि भने वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एस नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ । 
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबिच भेटबार्ता भए पछि कांग्रेसले सो दावी गरेको हो ।

सो भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाएका छन । ‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, कांग्रेस र नेकपा एसका बिचमा सकारात्मक कुराकानी भएको छ, छलफललाइ निरन्तरता दिने गरी आजको कुराकानी भएको छ’ उनले भनेका छन् । 

हिजो नेकपा एसका अध्यक्ष नेपाललाइ भेटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू कोटेश्वर पुगेका थिए । 

एमाले र माओवादी तथा कांग्रेसको पनि प्रस्ताव पछि आवाश्यक निर्णय लिन नेकपा एसको सचिवालय बैठक सुरू भएको हो ।