🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चैत १७ गते बृहत् \’साङ्गीतिक गजल गुञ्जन\’

काठमाडाै‌ं, १ चैत । नेपाली गजलको विकास र विस्तारका लागि स्थापित नेपाल गजल प्रतिष्ठानले यही चैत १७ गते 'साझ्गीतिक गजल गुञ्जन' गर्ने भएको छ ।

राष्ट्रिय नाचघर, जमलको मुख्य प्रेक्षालयमा गरिने उक्त कार्यक्रममा आधा दर्जन गजलहरू स्थापित र नवपुस्ताका गायक/गायिकाले प्रस्तुत गर्ने छन् ।

प्रतिष्ठानले जनाएअनुसार उक्त कार्यक्रमले नेपाली गजललाई गायनमा ल्याउन सहयोग पुग्ने छ । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ भन्छन्, 'नेपालमा गजल भनेर लेख्न थालिएको सवा सय वर्ष नाघेको छ । गजलका नाममा अनेक प्रयोग भइसकेका छन् तर वास्तविक गजलको लेखन र गायनमा कमी देखिन्छ । यसलाई पूरा गर्ने हाम्रो प्रयास हो ।' नेपाली गजललाई शास्त्रीय धारमा परिष्कृत गर्न प्रतिष्ठानले बहस, छलफल र पाठशालाहरू चलाइरहेको उनको भनाइ छ ।

प्रतिष्ठानले हरेक २ महिनामा 'गजल मुशायरा' पनि गर्दै आएको छ । काठमाडौँमा ३ वटा मुशायरा सम्पन्न गरिसकेको छ भने झापामा एउटा साङ्गीतिक मुशायरा सम्पन्न गरेको प्रतिष्ठानका सचिव अनजान यात्रीले जानकारी दिए । यस अगाडि गत वर्षको मोती जयन्तीका अवसरमा पनि प्रतिष्ठानले यस्तै गजल गुञ्जन कार्यक्रम गरेको थियो ।

'गजललाई जबसम्म गायनमा ल्याउन सकिँदैन, यसले आमजनमा अस्तित्व देखाउन नसक्ने रहेछ', यात्री भन्छन्, 'नेपाली गजललाई अब तीव्र रूपमा गायनमा ल्याउन आवश्यक छ ।' 

कार्यक्रममा प्रवेश खुला गरिएको जनाइएको छ । अध्यक्ष श्रेष्ठका अनुसार सोही अवसरमा नेपाली गजल उन्नयननमा लामो सेवा गरेका एक जना वरिष्ठ गजल साधकलाई पद्मिल र एक जना नवोदित सर्जकलाई 'के लत बस्यो मलाई' पुरस्कारले समेत सम्मान गर्ने कार्यक्रम छ । पुरस्कार राशि क्रमश: ३५ हजार र १५ हजार रुपैयाँ छ !