🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्वराजा शाह जुम्ला जाने कार्यक्रम राप्रपाद्वारा सार्वजनिक

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला भ्रमणमा जाने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलन गर्दै पूर्वराजाको भ्रमण कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पूर्वराजा शाह जुम्ला जाने र खलंगामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत शाहीले बताए ।

उनले भने, ‘यही चैत्र २४ गते ज्ञानेन्द्र शाह जुम्ला जाँदै हुनुन्छ । जुम्लामा चन्दना भैरवको दर्शनसँगै नागरिक अभिनन्दन समारोह जुम्लामा हुने छ । नागरिक मूल आयोजक समितिमा कुनै पनि पार्टी पंक्ति छैन ।

सर्वदलीय बैठकबाट सबै दलबाट सबैको उपस्थितिका लागि राजा सबको साझा हुन्छ । चाहे पूर्व होस चाहे वर्तमान राजा कुनै दलको हुँदैन ।’

उनले राजा ल्याउने राप्रपाको एजेन्डा भएकाले ‘राजा’ भन्न कुनै हिच्किचाहट नभएको भन्दै पूर्वराजा नभइ राजा भनेर सम्बोधन गरे ।  
उनले भने,‘राजा भनेको शक्ति र सत्ता होइन, आस्था म राप्रपाको प्रवक्ता हो । राप्रपाले संवैधानिक राजसंस्थाको वकालत गर्छ ।

राजा ल्याउने राप्रपाको एजेन्डा हो । त्यसैले राजा भन्न मलाई कुनै हिच्किचाहट छैन । दोस्रो, राजा कहिले पनि पूर्व हुँदैन । पूर्वराजा उहाँ हो भने वर्तमान राजा देखाइदिनुप¥यो । राजा भनेको शक्ति र सत्ता होइन, आस्था हो । अहिले देश अभिभावकविहीन भएको छ ।’