🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ब्राइटनविरुद्ध २–१ को जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एनफिल्डमा आइतबार ब्राइटनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुलले २९ खेलबाट ६७ अंक बनाउँदा दोस्रो स्थानमा रहेको आर्सनल २८ खेलबाट ६४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । आइतबार लिभरपुलसँग पराजित भएको ब्राइटन भने ४२ अंकका साथ तालिकाको नवौं स्थानमा छ ।

ब्राइटनले लिभरपुलविरुद्ध सुरुआती अग्रता लिए पनि जोगाउन असफल भएको थियो । डेनी वेलबेकले गोल गर्दै खेल सुरु भएको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । २७औं मिनेटमा लुईस डियाजले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा लिभरपुलले निर्णायक गोल दोस्रो हाफमा गरेको थियो । लिभरपुलका लागि मोहमद सलाहले ६५ औं मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए । सलाहले एलेक्सिस एलिस्टरको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल नभएपछि लिभरपुल अन्ततः २–१ को जितका साथ तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो ।