🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेयर बजारमा गिरावटको क्रम थामिएन, ५.७७ अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक र कारोबार घट्ने क्रम थामिएको छैन बुधबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

नेप्से परिसूचक ५.७७ अंकले घट्दै २००४.४४ विन्दुमा बजार बन्द भएको छ । १३ मध्ये जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन् । सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह छ ।

आज १३२ कम्पनीको सेयरमूल्य घटेको छ भने १०३ को बढोत्तरी छ । १० कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।

६३ लाख ५६ हजार २७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४७ करोड ६९ लाख २३ हजार रुपैयाँ छ ।  

घटेको बजारमा पनि गुराँस लघुवित्त र वीन नेपाल लघुवित्तको सेयरमा भने बढोत्तरीको सकारात्मक सर्किट लागेको छ । मानुषी र गणपति लघुवित्तको पनि सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् ।

आज उच्च कारोबार हुनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । सेयरमूल्य प्रतिकित्ता ५१८ रुपैयाँ पुगेको यो कम्पनीको सेयर २५ करोड ८० लाख रुपैयाँको किनबेच भएको छ ।

दोस्रोमा सर्वोत्तम सिमेन्टको १२ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै शिवम् सिमेन्टको ९ करोड, सोनापुर मिनरल्सको ५ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।  

आज घट्नेमा रिभर फल्सको सेयर पहिलो नम्बरमा छ । सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा मन्दाकिनी हाइड्रोपावर, बोटलर्स तराई, कर्पोरेट डेभलपमेन्ट बैंक, भूगोल इनर्जीलगायत छन् ।