🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जावलाखेलमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो सुरु

ललितपुर । मेड इन नेपाल नारासहित बिहीबारदेखि जावलाखेलमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ बिहीबार सुरु भएको छ ।

ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा जावलाखेल फुटबल ग्राउण्डमा आयोजित व्यापार मेलाको उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्र«मन्त्री नारायणकाजी श्रेष्ठले हस्तकलाको केन्द्र र कला नगरी ललितपुरमा आयोजित ट्रेड एक्स्पोले मुलुकको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

\"\"

मुलुकमा अहिले नयाँ संविधान कार्यान्वयनको चरणमा रहेको उल्लेख गदै उनले सरकारले आर्थिक र सामाजिक रुपान्तरणका निम्ति सक्रियतापूर्वक काम गर्दै आएको बताए । सांस्कृतिक तथा प्राकृतिक रुपमा समृद्ध नेपालले अब आर्थिक विकासमा फड्को मार्न जरुरी रहेको उल्लेख गरे ।

\"\"

आगामी सोमबारसम्म चल्ने ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण छ । एक्स्पोका स्टलहरुमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री बिक्र तथा प्रदर्शनीमा राखिएको छ ।

\"\"

एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिएको ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।

\"\"

मेलाको आकर्षणका रुपमा खानाका स्टल छन् । साना बालबालिकाका लागि गेमिङ जोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, थाइल्याण्ड, टर्की, मलेसिया, बंगलादेश र नेपालका उत्पादन स्टलमा रहेको एक्स्पो संयोजक सुनिल विष्टले जानकारी दिए ।