🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

छिल्लीकोटबाट मूर्ति चोरी गर्ने पक्राउ

तुलसीपुर, ९ वैशाख । प्रहरीले दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लिीकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्नेलाई पक्राउ गरिएको छ । माताको भेषमा गएर मूर्ति चोरी गर्ने तीन महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताउनुभयो । 

उहाँका अनुसार आज दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो । ती मूर्ति चोरी गरेको आरोपमा तुलसीपुर–१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरिएको हो ।

उनीहरु तीनै जनाले आफूहरु माता रहेको र भगवानले घण्टी माग गरेको भन्दै मूर्ति र घण्टी ल्याएको बताएका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले उनीहरुविरुद्ध जाहेरी दिन लागिएको बताउनुभएको छ । उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष पुनले बताउनुभयो ।  
–––