🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रियल म्याड्रिड र बायर्न म्युनिख २-२ को बराबरीमा रोकिए

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख बराबरी खेलेका छन् । बायर्नको घरेलु मैदानमा गएराती सम्पन्न खेलमा रियल म्याड्रिड र बायर्न म्युनिख २-२ को बराबरी खेलेका हुन् ।

खेलमा पहिलो गोल रियल म्याड्रिडका भिनिसियस जुनियरले गरे पनि दोस्रो हाफको ५३ र ५७औं मिनेटमा बायर्न म्युनिखले गोल गर्दै खेलमा २-१ को अग्रता लिएको थियो । बायर्नका लागि लिरोय साने र ह्यारी केनले एक एक गोल गरेका थिए । त्यसपछि खेलको ८३औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको थियो । रियलका लागि भिनिसियसले नै दोस्रो गोल गरेका थिए ।

अब सेमिफाइनलको दोस्रो लिग रियल म्याड्रिडको घरेलु मैदानमा मे ९ मा हुने छ ।