🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडाैं । पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २५ (पच्चिस) जना सञ्चारकर्मीहरूको सहभागितामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP) २०८१ वैशाख २५ गते  पश्चिम पृतना हेड क्वार्टर विजयपुर ब्यारेक, पोखरामा सुरु भएको छ ।

 कार्यक्रमको थालनी गर्दै पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोष बल्लभ पौड्‍यालले फरक विशेषता भएको सैनिक संगठन र सञ्चार जगतको समन्वय विन्दुको पहिचान गरी राष्ट्रिय सुरक्षा प्रवर्द्धन तथा जनताको सुसूचित हुन पाउने अधिकारको संरक्षण समानान्तर रूपमा गर्न आवश्यक रहेको बताए ।  

    चार दिनसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतिकरण तथा अन्तरक्रिया सञ्चालन गरिनेछ । कार्यक्रममा जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी गौरव कुमार के.सी. लगायत अधिकृतहरूको उपस्थिति रहेको थियो ।