🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 ‘लालटीनको उज्यालो’मा नेता पत्नीको कथाव्यथा 

बुटवल, २३  कात्तिक (रासस) : बुटवलमा सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटीनको उज्यालो’ को परिचर्चा तथा समालोचना गरिएको छ । 

बुटवल साहित्यकला तथा संस्कृति प्रतिष्ठानले कात्तिक २२ गते आयोजना गरेको कार्यक्रममा साहित्यकारहरूले लालटीनको उज्यालोले नेताकी श्रीमती हुँदैमा महिलाहरू सुखी र खुशी हुन्छन् भन्ने भ्रम पाल्न नहुने पुष्टि गरेको बताए ।

एउटा नेताकी आदर्श श्रीमतीले भोगेको जीवनकहानी लेखिएको यो आत्मकथाले नयाँ पुस्तालाई नेपाली समाजको संस्कार र सभ्यताको विकासक्रम सिकाएको बताए । 

कार्यक्रममा साहित्यकार तथा समालोचक ऋषिराम भुसालले समाज परिवर्तनका लागि पार्टीको झण्डा बोकेर हिँडेकी एउटी नेतृले छोरी जन्मेपछि आफ्ना सबै चाहना र लक्ष्यहरू त्यागेर पारिवारिक जिम्मेवारी सम्हाल्दै गर्दा आएका विचार र भावनाहरू यस आत्मकथामा उल्लेख भएको बताए  ।

उनले निकै शिष्ट र मर्यादित भाषामा लेखिएको आत्मकथा पुराना पुस्तामा रहेको संस्कार, सभ्यता र कुरीतिहरू अध्ययन गर्न चाहने नयाँ पुस्ताका लागि रुचिकर हुने बताए  । 

कार्यक्रममा लेखक सरस्वती ज्ञवालीले पारिवारिक जिम्मेवारी पूरा गर्न आफ्ना लक्ष्य र उद्देश्यहरू त्यागेर गुमनाम जिन्दगी बिताएको तथा त्यही गुमनाम र अन्धकार जिन्दगीबाट बाहिर निस्किन ‘लालटीनको उज्यालो’ ल्याएको बताइन्  ।

लेखक ज्ञवाली नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी श्रीमतीसमेत हुन्  । 

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लालटीनको उज्यालोले महिलालाई अँध्यारो जिन्दगीबाट बाहिर निस्कन प्रेरणा दिने बताए  । 

कार्यक्रममा साहित्यकारहरू गिरी श्रीस, दीपक ज्ञवाली, दलबहादुर गुरुङ, मिनाक्षी न्यौपानेलगायतले लालटीनको उज्यालोले नेपाली समाजमा महिलाले भोगिरहेका अन्धकार जीवनका भोगाइहरू बाहिर ल्याएको चर्चा गरेका थिए  । 
–––