कटहरलाई गर्मी फल वा तरकारी भन्ने गरिन्छ । यस्तो अवस्थामा कटहर गर्मीमा सेवन गर्नु फाइदाजनक हुन्छ या हुँदैन भन्ने प्रश्न पनि रहन्छ ? कटहरमा कयौ पोषकतत्व हुने गर्दछ । यसमा भिटामिन, मिनरल, प्रोटिन तथा एन्टीअक्सिडेन्ट, राइबोफ्लेविन, थायमिनका साथसाथै म्याग्नेसियम, पोटासियम, कपर, म्याग्निज तथा फाइबर हुने गर्दछ । यी सबै पोषकतत्व शरीरका लागि आवश्यक हुन् ।
हो, कटहरलाई गर्मी फल एवं तरकारी भनिएपनि यसको सेवन गर्न सकिन्छ, तर सीमित मात्रामा ।
–कटहरमा पाइने एन्टीअक्सिडेन्टले तौल घटाउन मद्दत गर्दछ । साथसाथै यसमा हुने फाइबरले मेटाबोलिज्म राम्रो बनाउँदछ ।
–कटहर खानाले पाचनतन्त्र राम्रो बनाउन सकिन्छ । यसमा हुने फाइबरले पेट सफा र पाचन राम्रो बताउँदछ ।
–कटहरले प्रतिरक्षा बढाउन पनि मद्दत गर्दछ । यसमा भिटामिन सी हुने गर्दछ जसले प्रतिरक्षा राम्रो बनाउदछ ।
–रक्तअल्पताबाट राहत पाउन कटहरको सेवन गर्नु उपयुक्त हुन्छ । कटहरमा पर्याप्त मात्रामा आइरन हुने गर्दछ । (साँघु साप्ताहिक, २०८१ जेठ ७)



