🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाभित्र नातावाद, भनसुन र उपहार लिने दिने विकृतजन्य अभ्यास हटाइन्छ : नेपाली सेना 

काठमाडौँ, १ मङ्सिर : नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन र अभ्यास हटाउने प्रण गरेको छ । 

नेपाली सेनालाई आम नागरिकबीचमा आस्था र भरोसाको खम्बाको रुपमा विकास गर्न सैनिक मुख्यालयले यो कार्यक्रम मातहतका सबै संरचनामा कडाइका साथ तुरुन्त लागू गर्ने उद्घोष गरेको हो । 

सेनाले सैनिक आचरणमा सुधार ल्याउन संस्थाको अपेक्षा र मेरो जिम्मेवारी विषयमा जङ्गी अड्डामा नेतृत्व संवाद सञ्चालन गरी उक्त कार्यक्रम अभियानका रुपमा अघि बढाउने अठोट गरेको छ । 

आगामी चैतसम्म चरणबद्धरुपमा मातहतका निकायको तहसम्म उपहार लिने दिने तथा आर्थिक अनियमितता र भनसुनविरुद्ध सङ्गठनले सचेतना कार्यक्रम गर्न लागेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए  । 

सेनालाई व्यवसायिक फौजका रुपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढाइएको यो कार्यक्रमले सकल दर्जाबीचमा थप विश्वासको वातावरण सिर्जना गर्ने र सङ्गठनको छवी सुधार्न योगदान पुग्ने सेनाले विश्वास लिएको छ । 

कार्यक्रम शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनभित्रका प्रत्येक तहका नेतृत्वले प्रस्तुत गर्ने विधि, व्यवहार र भूमिकाले राष्ट्रिय सुरक्षाको बलियो खम्बा र एकताका प्रतीकको रुपमा रही आएको नेपाली सेनाका सकल दर्जालाई यस्ता कार्यक्रमले व्यवसायिक बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए। 

नेपाली सेनालाई प्रणालीमा आधारित व्यवसायिक र सृदृढ सङ्गठनको रुपमा विकास गर्दै लैजान निस्वार्थ रुपमा नीति नियमको परिपालनामा जोड दिन पनि उनले निर्देशन दिनुभएको थियो । 

सङ्गठनभित्र उठिरहेको अनेकौँखाले टिक्काटिप्पणी र प्रश्नलाई यस्ता कार्यक्रमले जङ्गीअड्डा मातहतका कमाण्डरलाई अनुशासित र व्यवसायिक बनाउन योगदान पु¥याउने सेनाको भनाइ रहेको छ ।

सङ्गठनभित्र रहेका अभ्यास र विगतका घटनाको समेत मूल्याङकन गरी सकारात्मक सन्देश प्रवाह नहुने खालका अभ्यासलाई हटाउन तहगतरुपमा हुने नेतृत्व सम्वाद कार्यक्रम फलदायी हुने सेनाले विश्वास लिएको छ । (रासस)