काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य भीम कुमार गौतमले पार्टीका गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । आज तरुण दलका नेताहरूसँगको छलफलमा कांग्रेस पदाधिकारीहरूले भ्रातृ संस्थाको गठन र पुनर्गठन बाहेक अरू काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाए ।
पार्टीका गतिविधिहरूलाई गतिशीलता दिनुपर्नेमा भ्रातृ संस्था गठन र पुनर्गठनमै कांग्रेस अल्झिएको उनको धारणा थियो। 'अब पनि हामी सानातिना कुरामा अल्झिनु हुँदैन । गतिशील कांग्रेस र समृद्ध देश निर्माणमा जुट्नुपर्छ । सरकारका गलत क्रियाकलापको जनतामा गएर भण्डाफोर गर्नुपर्छ। राम्रा काममा साथ दिनुपर्छ,' उनले भने ।
केही नेताहरूको स्वार्थगत राजनीतिका कारण भ्रातृ संस्थाहरू पनि गतिशील हुन नसकेको उनको गुनासो छ । पार्टीभित्रको गुटलाई अन्त्य गरेर अगाडि बढेमात्र कांग्रेस आफ्नो लक्ष्यमा पुग्न सक्ने उनको धारणा थियो ।



