🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अलपत्र भयो  बुटवलमा पशु बधशाला निर्माण कार्य 

खस्यौली, ११ मङ्सिर (रासस) : पशु बधशाला निर्माणको काम बुटवलमा अझै पूरा भएको छैन । 

बुटवल– १० रामनगरमा २८ कट्ठा क्षेत्रफलमा सञ्चालन गर्ने तयारी भएको सो बधशालाका लागि बुटवल उप–महानगरपालिकाले प्रदेश सरकार समक्ष प्रस्तावना पेश गरेको उप–महानगरपालिकाका पशु चिकित्सक झविन्द्र वञ्जाडेले जानकारी दिए । 

बधशाला बनाउन यस आर्थिक वर्षमा उप–महानगरपालिकाले रु ८० लाख बजेट विनियोजन गरेको छ । “वधशाला निर्माण भएपछि उपभोक्ताले स्वस्थ्यकर मासु उपभोग गर्न पाउछन् र वातावरण स्वच्छ राख्न समेत मद्दत मिल्छ” पशु चिकित्सक वञ्जाडेले भने, “बधशालाको अभावमा बुटवलका मासु पसलमा खसी भनेर बाख्राको मासु बेच्ने, रोगी बाख्रा बेच्ने, झिङ्गा लागेको माछा उपभोग गर्नुपर्ने बाध्यता रहेको छ ।” 

बधशाला सञ्चालन गर्न पटक–पटक बसेको बैठकले पशु बधशालाको लगानीको स्रोतको पहिचान गर्ने र पूर्वाधारको कामलाई अघि बढाउने कुरामा जोड दिएको थियो । उत्पादक, कृषि सहकारी र कृषकको सहकार्यमा सञ्चालन हुने भनिएको बधशालाको प्राविधिक क्षेत्रमा गैर सरकारी संस्था हेफर इन्टरनेशनलले सहयोग गर्ने बताइएको छ । बधशालालाई रुपन्देही, पाल्पा र कपिलवस्तुका महिला कृषि सहकारीले खसी, बोका आपूर्ति गर्ने बताइएको छ । 

हेफर इन्टरनेशनलका अनन्त सिलवालले उप महानगरपालिकाको अगुवाइमा प्रमुख शिव सुवेदीको संयोजकत्वमा २३ सदस्यीय पशु बधशाला निर्माण तथा व्यवस्थापन समिति गठन भएको जानकारी दिए  । सो समितिमा मासु व्यवसायी सङ्घका कृष्ण पौडेल सह संयोजक हुन् ।

उनले आफ्नो संस्थाले प्राविधिक तथा व्यावसायिक योजना बनाइरहेको जानकारी दिँदै यो वर्ष निर्माणको काम सकिए दुई वर्षभित्र बधशाला सञ्चालन हुनेछ भने  । विस २०५७ मा पशु बधशाला निर्माणको विषय अघि आएको थियो । 
–––