🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोमामा पुग्यो सत्यनिरुपण तथा मेलमिलाप आयोग !

काठमाडौं । द्वन्द्वकालीन मुद्दा निपटारा लगाउन गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई यतिबेला कामको चापाचापले छोप्नुपर्ने हो । तर, महत्त्वपूर्ण जिम्मेवारीका साथ गठित आयोग आफ्नो कार्यकाल बाँकी छँदै कोमामा पुगेकोमा पदाधिकारीहरुले नै गुनासो गरेका छन्  । 

आयोगले विभिन्न समयमा द्वन्द्वकालीन घटनाका ६३ हजार ६ सय उजुरी संकलन गरेको छ । यसरी संकलित उजुरीको निपटारा लगाएमा मात्रै आयोगको उद्देश्य पूरा भएको मानिनेछ । तर म्याद सकिनै लाग्दा परेका उजुरीहरु के हुन्छन् भन्ने जवाफ आयोगकै पदाधिकारीसंग छैन । आउँदो माघ २६ गतेसम्म आयोगको म्याद भएपनि पदाधिकारी तथा सदस्यहरु काम फत्ते गर्न छाडेर गन्तव्य भुलेको यात्रीजस्तो भएका छन् । 

उदेकको कुरा त के छ भने आयोगमा परेका उजुरीहरु लठबद्र रहेका बेला आयोगका पदाधिकारी तथा केही सदस्यहरु कार्यालय नै जान छाडेका छन् । जिम्मेवार अधिकारीहरु नै कार्यालय जान छाडेपछि एक सदस्यले सामाजिक सञ्जालबाटै आयोगलाई निस्क्रिय नपारिदिन पदाधिकारीहरुसंग गुहार मागेकी छिन् । 

२०७५ माघ २६ गते बेलुकी ५ बजेसम्म नियमित कार्य गर्ने दायित्व आयोगको भएकाले यसलाई निस्क्रिय नपार्न आयोगकी सदस्य माधवी भट्टले सबैमा आग्रह गरेकी हुन् ।

भट्टले फेसबुकमा आयोग विघटन, पुनर्गठन र नयाँ  संयन्त्र जेसुकै बने पनि ऐनले २०७५ माघ २६ गतेसम्म वर्तमान टिमलाई काम गर्ने आदेश दिएकाले त्यही अनुरुप काम गर्नुपर्ने स्मरण पदाधिकारी तथा सदस्यहरुलाई गराएकी छिन् । यही विषयमा आयोग अध्यक्षसमक्ष बारम्बार आग्रह गरेपनि सुनुवाइ नभएको भन्दै फेसबुकमार्फत् सार्वजनिक गुनासो गरेकी छिन् ।