🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पटक पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिनु राम्रो होइनः राजेन्द्र लिङ्देन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्समा कुन प्रकारको छानबिन समिति बनाइएको हो भनेर प्रश्न गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो घटनाको  प्रमुख दायरामा अउने व्यक्ति नै सरकारको छानबिन समितिमा रहेको  बताएका हुन् ।

उनले  भने,  ‘यो जहाजको जुन छानविन आयोग  गठन भएको  छ, त्यसमा गम्भिर त्रुटि भएको भन्ने  कुराहरु बाहिर  आएका छन् , यसलाइइ  सरकारले  सुनेर  छाड्ने  विषय  होइन, त्यो  सौर्य  विमान  पोखरा उड्नको  लागि उपयुक्त थियो की  थिएन भन्ने  कुरा  जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो  चाहीँ अनुसन्धानको पहिलो  दायरामा आउँछन् उनका भिनाजुलाई चाहीँ अहिले छानविन आयोगको प्रमुख बनाइएको  छ भन्ने  कुरा बाहिर  आएको  छ यो  कुन प्रकारको छानविन आयोग होला ।’

उनले  पटक पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिएर सरकार मौन किन रहेको  भन्दै ध्यानाकर्षण गराए ।