🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काभा महिला भलिबल : इरानले श्रीलङ्कालाई हरायो

काठमाडौँ, १८ साउन : इरानले काभा महिला भलिबल नेसन्स लिगमा श्रीलङ्कालाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा इरानले श्रीलङ्कामाथि ३–२ को सेटमा पराजित गरेको हो ।

 
खेलको पहिलो सेट इरानले २५–२० ले आफ्नो पक्षमा पार्‍यो । त्यसपछि खेलको दोस्रो सेट पनि २५–१२ ले जित्यो । त्यसपछिको लगातार दुई सेट भने इरान पराजित हुन पुग्यो । खेलको तेस्रो र चौथो सेटमा श्रीलङ्काले सुधारिएको खेल पस्कँदै २५–२२ र २५–१३ को आफ्नो पक्षमा पार्‍यो । 

त्यसपछिको अन्तिम तथा निर्णायक पाँचौँ सेट इरानले श्रीलङ्कामाथि १५–११ ले पराजित गर्दै जित हासिल गर्‍यो । यस जितसँगै इरानले दुई खेलबाट दुई अङ्क बटुलेको छ । लगातार दोस्रो हार बेहोरेको श्रीलङ्का भने अङ्क बिहीन छ ।

यसअघि इरान पहिलो खेलमा भारतसँग ३–१ को सेटमा पराजित भएको थियो । त्यस्तै श्रीलङ्का नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । 

उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागीता रहेको छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । उक्त प्रतियोगिताअन्तर्गत भोलि दिउँसो ३ बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । 
–––