🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 नेकपा : स्थायी समितिको बैठक बस्नु अघि चार नेताको छुट्टै बैठक 

काठमाडौँ, २९ मङ्सिर  : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले साङ्गठनिक एकीकरणलाई तत्काल टुङ्गोमा पु¥याउने, पार्टी र सरकारको कामलाई थप व्यवस्थित बनाउने र आगामी कार्यदिशा तय गर्ने विषयमा आवश्यक निर्णय गरेको हो । 

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार एकता प्रक्रियामा बाँकी रहेका काम कारवाहीलाई तत्काल पूर्णता दिने, सरकारको काम कारवाहीको समीक्षा गर्ने, सकारात्मक काम कारवाहीलाई थप अगाडि बढाउने र कमजोरी हटाएर जानेलगायतका विषय स्थायी समिति बैठकमा पेश गर्ने गरी कार्यसूची तय भएको हो । 

स्थायी समितिको बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा शुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । 

बहुप्रतिक्षित स्थायी समितिको बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम कारवाहीलाई टुंगोमा पु¥याउने विश्वास लिइएको छ । गत जेठमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा पार्टी एकता भई नेकपा बनेपछि प्रदेश समितिका पदाधिकारी र सदस्यको चयन भए पनि जिल्ला, नगर, गाउँ तथा स्थानीय पार्टी कमिटीको एकताले पूर्णता पाउनसकेको छैन । 

यस्तै जनवर्गीय एवं पेशागत सङ्गठनको समेत एकता प्रक्रिया बाँकी रहेको छ । एकता प्रक्रिया र सरकारको काम कारवाहीको विषयमा स्थायी कमिटीको बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ । यस्तै पोलिटव्यूरोको चयनसमेत हुनसकेको छैन । 

सचिवालयको बैठक निरन्तर बस्दै आएको भए पनि स्थायी समितिको बैठक भने लामो समयदेखि बस्न सकेको थिएन । यस्तै केही दिन पहिले सचिवालयको बैठक समयमा शुरु नभएको भन्दै बैठक बहिष्कार गरेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग पार्टी अध्यक्ष प्रचण्डले मङ्सिर २९ गते  बिहान छलफल गरेका थिए  । नेता गौतमको निवास भैँसेपाटीमा छलफल भएको बताइएको छ । (रासस)