🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रोकिएन खाडी मुलुकमा महिला कामदार जान 

ललितपुर, १ पुस (रासस)ः राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि तथा अधिकारकर्मीलगायतले सरकारले खाडी मुलुकमा जान रोक लगाएपनि महिला कामदार जान नछाडेको बताएका छन् । 

वैदेशिक रोजगारीमा गएका महिलाको संस्था पौरखीले आज राष्ट्रिय मानव अधिकार आयोगमा आयोजना गरेको ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा उनीहरुले कानूनी रुपमा जान नपाउँदा महिला कामदारले थप समस्या भोग्नु परिरहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले खाडी मुलुकमा महिला कामदारलाई रोक लगाएपनि व्यावहारिक रुपमा नरोकिएको बताए । उनले भने, “महिला कामदार भारत, श्रीलङ्कालगायतका देश हुँदै खाडी मुलुक जान रोकिएका छैनन् ।” 

भारत जाने महिला कामदारको तथ्याङ्क नभएपनि धेरै खालका समस्या रहेको उनले उल्लेख गरे । पौरखी संस्थाका अध्यक्ष मञ्जु गुरुङले नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धिका आधारमा पनि महिला कामदारलाई कुनै पनि देशमा जान रोक लगाउन नहुने बताए ।

खाडी मुलुकमा गएका महिलाले कठिन पारिश्रम गर्नुपर्दा उनीहरुको स्वास्थ्य समस्या आएको उनले बताए  । उनले भने, “महिला कामदारमा पाठेघर खस्ने र मिर्गौलाको समस्या बढी देखिएको छ ।” घरेलु श्रमिकको अन्तर्राष्ट्रिय संस्थाका एशिया प्रशान्त सदस्य ज्ञानु केसीले देशभित्रै र वैदेशिक रोजगारीमा गएका महिलाका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए  । 
–––