🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विष्णुमति नदीले जलसतह पार गर्‍यो, सतर्कता अपनाऔं

काठमाडौँ, १९ भदौः काठमाडौँको विष्णुमति नदीले जलसतह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले २०८१ भदाे १८ गते मङ्गलबार रातिसम्म नदीको जलसतह बढ्दो रहेकाले सतर्कता अपनाउनु आग्रह गरेको हो ।

    “विष्णुनदीको जलसतहले खतराको तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई उच्च सतर्कता अपनाउनु अनुरोध गरिएको छ”, विभागद्वारा जारी सूचनामा भनिएको छ ।

    विभागले बाराको कलैया र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले पसाह, लालबकैया खोलालगायत सो क्षेत्र भइ बहने अन्य खोलाको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

    त्यसैगरी सिन्धुलीको कमला नदी रानीबासस्थित जलमापन केन्द्रमा जल सतह सतर्कता तह आसपास रहेको र बढ्दो रहेको उल्लेख गर्दै विभागले तटीय क्षेत्र तथा डुबान भइरहने भू–भागहरुमा रहनेलाई बुधबार विहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    विभागले आज कोशी, बागमती र गण्डकी प्रदेश भइ बहने केही स–साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।

साथै  आज भदाे १९ गते दिउँसो पनि कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने र राति कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।