🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माओवादीलाई सरकारबाट हटाउने निश्चित : गृहमन्त्रीका लागि फुच्चे दलहरुको चर्को बार्गेनिंग !!

  काठमाडौं, असोज २४  । माओवादी केन्द्र  एमालेलेसंग गठबन्धन गर्न हिंडेपछि क्रुध्द बनेका प्रधानमन्त्री शेरबहादुर देउवा अन्तत : माओवादी केन्द्रलाई सरकारबाट फालेर नेपाली कांग्रेसकै देउवा क्याम्प निकट कसैलाई गृह मन्त्री बनाउने तयारी गरिरहेको स्रोतले बताएको छ।  गृह मन्त्रीका लागि कांग्रेस भित्र पनि आकांक्षि धेरै  भएका र कांग्रेसभन्दा बाहिर त झन् गृह मन्त्रीका लागि थाम्नै नसक्ने दवाव परेकाले प्रधानमन्त्री  देउवा अप्ठेरोमा परेको बालुवाटार स्रोत बताउछ ।

गृह मन्त्रीका लागि फुच्चे दलका नेताहरु,  उपेन्द्र यादव, विजय गच्छदार, कमल थापाले वार्गेनिंग गरिरहेको खबर छ।   गृह मन्त्रीका लागि कांग्रेस भित्रबाट बालकृष्ण  खाँड़को सम्भावाना बढिरहेको कांग्रेसका एक सांसदले बताए।  गृहमन्त्री कसलाई दिने भन्ने टुंगो नलागेसम्म छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा ब्यस्त रहनु परेकाले माओवादीलाई सरकारबाट  हटाउन ढिलो भैरहेको कांग्रेसका केन्द्रीय सदस्यले बताए।  कुनै चमत्कार नभएमा आज असोज २४ वा २५ गतेसम्म माओवादीलाई सरकारबाट हटाउने निश्चित भैसकेको स्रोतले बतायो।    

नेपाली काङ्ग्रेसले आजभोलि नै संसदीय बोर्ड बनाए  पनि  पदाधिकारी विषय चाहिं टुङ्गो लगाउने कुरामा केन्द्रीय सदस्यहरुनै विश्वस्त रहेका छैनन्।   संसदीय बोर्ड  टुङ्गो लगाउन  गृहकार्य भैरहेको थाहा भएको छ । पदाधिकारी चयनको विषय चाहिं निर्वाचन अघि टुंगो लगाउदा निर्वाचनमा काङ्ग्रेसभित्र  भंदभैलो हुने डरले भित्री सहमति गरेर घोषणा चाहिँ निर्वाचनपछि गरिने सम्भावना छ ।  कांग्रेस स्रोतबाट प्राप्त जानकारी अनुसार, पार्टीको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माको चयन गर्ने तयारी भएको बुझिएको छ ।

त्यसैगरी, संसदीय बोर्डमा सभापति शेरबहादुर देउवा, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, रामचन्द्र पौडेल, खुमबहादुर खड्का, डा. रामशरण महत, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, सितादेवी यादव, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, माबहादुर विश्वकर्मा र ज्ञानेन्द्रबहादुर कार्कीलाई राखिने भएको चर्चाले असोज २३ गतेदेखि नै   काठमाडौ तातेको छ।